Like us!
Follow us!
Connect us!
Watch us!

नीति तथा कार्यक्रममाथि संसद्‌मा ६ दिन छलफल हुने, जेठ ९ गते पारित गर्ने कार्यसूचि

अर्थ संसार

बुधबार, ०२ जेठ २०८१, १४ : २५ मा प्रकाशित

नीति तथा कार्यक्रममाथि संसद्‌मा ६ दिन छलफल हुने, जेठ ९ गते पारित गर्ने कार्यसूचि

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ ९ गते पारित गर्ने सम्भावित कार्यसूची तय भएको छ ।  प्रतिनिधि सभाले यो कार्यसूचि तय गरेको हो । 

मंगलबार सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम ल्याएको थियो । 

प्रतिनिधि सभाको पाक्षिक क्यालेन्डर अनुसार जेठ ३ गतेबाट सभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ हुनेछ ।

जेठ ४ गते, ६ गते, ७ गते र ८ गते नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । ९ गते पनि छलफल गरेर निर्णयार्थ प्रस्तुत गर्ने गरी संसदीय क्यालेन्डर तय भएको छ ।

नीति तथा कार्यक्रम चलिरहेकै समयमा समेत शून्य समय, विशेष समय, केही विधेयक अघि बढाउने र प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम चलाउने लगायतका विषयसमेत सञ्चालन गरिने संसदीय क्यालेन्डरमा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको