Like us!
Follow us!
Connect us!
Watch us!

कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह:गृहमन्त्रीलाई बोल्न दिनुस्, संसदीय छानबिन समिति बनाउँछौं

अर्थ संसार

विहीबार, ०३ जेठ २०८१, १४ : १४ मा प्रकाशित

कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह:गृहमन्त्रीलाई बोल्न दिनुस्, संसदीय छानबिन समिति बनाउँछौं

प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सदनमा बोल्न दिन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई आग्रह गरेका छन्।

बिहीबार बिहान सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेसँग बालुवाटारमा कुराकानी गरेपछि प्रधानमन्त्री दाहालले कांग्रेस नेताहरूलाई उक्त सन्देश पठाएका छन्।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार प्रधानमन्त्री दाहालबाट सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न तयार रहेको सन्देश आएको छ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘प्रधानमन्त्रीजीले समिति बनाउँछौं, गृहमन्त्रीलाई बोल्न दिनुस् भन्नु भएको छ ।’

्सहकारी प्रकरणमा संसदीय समिति बनाउने भए गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिन कांग्रेस लचिलो देखिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको