प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले अवरोध गरेपछि राष्ट्रियसभाको बैठक आज पनी स्थगित भएको छ। कांग्रेसको अवरोधपछि भोलि दिउँसो १ बजेर १५ मिनेटमा बस्ने गरी स्थगित राष्ट्रियसभाको बैठक भएको हो।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राख्दै सदन अवरोध गर्दै आएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहमतिको लागि निरन्तर प्रयास गरे पनि कुरा मिल्न सकेको छैन।
कांग्रेससँग कुरा नमिलेपछि ४ बजे बोलाइएको प्रतिनिधि सभाको बैठक पनि अझै सुरु हुन सकेको छैन।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस