Like us!
Follow us!
Connect us!
Watch us!

नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेप्सेमा सूचीकृत, अब कुन टिकरबाट हुनेछ कारोबार ?

अर्थ संसार

शुक्रबार, ०४ जेठ २०८१, १४ : ५० मा प्रकाशित

नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेप्सेमा सूचीकृत, अब कुन टिकरबाट हुनेछ कारोबार ?

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर नेप्सेमा सुचीकृत भएको छ ।

साबिकको नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड एकआपसमा १:१ अनुपातमा मर्जर पश्चात हुन आएको एक सय रुपैयाँ अंकित तथा चुक्ता मूल्यका एक करोड ३९ लाख ७७ हजार ६४३ कित्ता सेयर सूचीकृत भएको हो । मर्जर पछि नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट धितोपत्रको सूचीकरण गरिएको र मर्जर प्रयोजनको लागि रोक्का रहेको उक्त कम्पनीको शेयर कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ ।

कम्पनीले सेयर कारोबारका लागि अब "NMLBBL" टिकर पाएको छ । कम्पनीले फागुन ३० गतेदेखि एकीकृत वित्तीय कारोबार शुरु गरिसकेको छ । कम्पनीको प्रारम्भिक कारोबारका लागि ओपनिङ रेञ्ज ५८७.८६ रुपैयाँ तोकिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको