Like us!
Follow us!
Connect us!
Watch us!

मन्दाकिनी हाइड्रोको बोनस सेयर नेप्सेमा सूचीकृत

अर्थ संसार

आइतबार, २५ चैत्र २०८०, १६ : ३८ मा प्रकाशित

मन्दाकिनी हाइड्रोको बोनस सेयर नेप्सेमा सूचीकृत

मन्दाकिनी हाइड्रोपावर लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

आर्थिक वर्ष २०७९/८० का लागि मन्दाकिनी हाइड्रोले दिएको ४.७५ प्रतिशत बोनस सेयर आज नेप्सेमा लिस्टिङ भएको हो । यस अनुसार अब कम्पनीको थप २ लाख ७९ हजार ३१७.५३ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री योग्य हुनेछ । कम्पनीले ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद गरि कुल ५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

बोनस पछी कम्पनीको चुक्ता पुँजी ६१ करोड ५९ लाख ६८ हजार सात सय रुपैयाँ पुगेको छ । उक्त कम्पनीको आज प्रतिकित्ता ४१७.९ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको