Like us!
Follow us!
Connect us!
Watch us!

रसुवागढी हाइड्रोले स्थानीयलाई बाँडफाँड गरेको सेयर नेप्सेमा सूचीकृत

अर्थ संसार

सोमबार, १४ जेठ २०८१, १५ : ५५ मा प्रकाशित

रसुवागढी हाइड्रोले स्थानीयलाई बाँडफाँड गरेको सेयर नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीयमा जारी गरेको प्राथमिक शेयर सूचीकृत भएको छ ।

कम्पनीको थप ६८ लाख ४२ हजार १०० कित्ता सेयर सूचीकृत भएको हो । रसुवागढी हाइड्रोपावरले २०७९ असार १३ गतेदेखि साउन ३१ गतेसम्म उक्त सेयर स्थानीयमा जारी गरेको थियो । २०८२ को असार १३ मा उक्त सेयरको लकइन पिरियड समाप्त हुनेछ ।

आज उक्त कम्पनीको सेयर २६८.५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । कम्पनीको चुक्ता पुँजी ६ अर्ब १५ करोड ७८ लाख ९० हजार रुपैयाँ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको