प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेको छ ।
कांग्रेसका सांसदहरु अहिले उठेर रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरिरहेका छन्।
कांग्रेसले आजको बैठकमा बोल्न माग गरेका थिए, तर सभामुख देवराज घिमिरेले विशेष र शून्य समय नगरेको भन्दै कार्यसूची अगाडि बढाएपछि कांग्रेसले वेल घेराउ गरेको हो।
कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै निरन्तर सदन अवरोध गर्दै आइरहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस