Like us!
Follow us!
Connect us!
Watch us!

एमएचपीएलले ल्यायो आफ्ना ग्राहकका लागि ट्रेण्डसेटिंग ‘मोबाइल एप’

अर्थ संसार

सोमबार, ०७ जेठ २०८१, १२ : १७ मा प्रकाशित

एमएचपीएलले ल्यायो आफ्ना ग्राहकका लागि ट्रेण्डसेटिंग ‘मोबाइल एप’

एम.ए.डब्लू. हायर पर्चेज प्रा.लि.(एमएचपीएल)ले आफ्ना ग्राहकका लागि ट्रेण्डसेटिंग ‘मोबाइल एप’ ल्याएकाे छ  ।

आजको डिजिटल युगमा हरेक उद्योगका लागि अपरिहार्य आवश्यकता बन्दै गएको इनोभेसन र प्राविधिक विकास लगभग सबै क्षेत्रहरूमा द्रुत रूपमा अगाडि बढिरहेकाे समय एमएचपीएलले आफ्ना ग्राहकका लागि ट्रेण्डसेटिंग ‘मोबाइल एप’ ल्याएकाे हाे ।

‘एमएचपीएल’ एपको सुरुवात भएसँगै अब ग्राहकहरूका लागि कर्जा भुक्तानीको कारोबार डिजिटल रुपमा गर्नका लागि एक सुविधाजनक विकल्प उपलब्ध हुनेछ । अब आफ्नो कर्जाको अवस्था जान्नका लागि ग्राहकहरूले भौतिक रुपमै उपस्थित हुनुपर्ने पुरानो बाध्यता पनि हट्ने छ । एमएचपीएलले गहिरो अध्ययन र उपभोक्ताहरूको आवश्यकतालाई ध्यानमा राखी यो एप ल्याएको हो ।


एमएचपीएल एप निम्नलिखित सुविधाहरूसहित निर्माण गरिएको छ 

 कर्जा विवरणहरूको जानकारी र बाँकी सावा रकम को भुक्तानी तालिका
 एपभित्र सुरक्षित र सुविधाजनक ईएमआई भुक्तानीका विद्युतीय विकल्पहरू उपलब्ध
  कर्जा अवस्थाको जानकारीको रियल टाइम नोटिफिकेसनहरू
  झन्झटमुक्त अनुभवका लागि युजर(फ्रेन्डली इन्टरफेस
काठमाडौँमा आयोजित एक औपचारिक कार्यक्रममा एमएडब्लू ग्रुप अफ कम्पनीजका प्रबन्ध निर्देशक श्री विष्णु अग्रवाल र एमएचपिलएलका महाप्रबन्धक प्राणनाथ भट्टराईले ‘एमएचपीएल एप’ को सुरुवात गरे ।

'एमएचपीएलमा हामी हाम्रा ग्राहकहरूका लागि निरन्तर रूपमा सुविधाहरू बढाउन हरसम्भव प्रयास गर्दै आएका छौँ । आजको ‘एमएचपीएल एप’ अनावरण हामीलाई हाम्रा ग्राहकसँग अझै बढी डिजिटल र प्रभावकारी ढंगले जोडिनका लागि एउटा कोसेढुंगा सावित भएको छ । एमएचपीएल एप मार्फत् अब ग्राहकहरूले आफ्ना कारोबारको रियल टाइम इनसाइटहरू प्राप्त गर्न सक्नेछन् । यो त केवल सुरुवात होस हामी बजारको मागलाई सम्बोधन गर्दै एपका सुविधाहरूलाई अझै समृद्ध बनाउन निरन्तर प्रतिबद्ध छौँ,' एमएचपीएलका महानिर्देशक प्राणनाथ भट्टराईले भने  । 

एमएचपीएल एमएडब्लू ग्रुपद्वारा प्रवर्धित र नेपाल राष्ट्र बैंकद्वारा इजाजत प्राप्त हायर पर्चेज क्षेत्रको एक चिरपरिचित नाम हो । कम्पनीले देशभरका ३० हजारभन्दा बढी ग्राहकहरूलाई आफ्नो सेवा प्रदान गरिसकेको छ । यसले हालसम्म आफ्नो व्यापक संजाल मार्फत् नेपालभर कुल १० अर्ब १९ करोड रुपैयाँको कर्जा प्रवाह गरिसकेको छ ।

एमएचपीएलले दुई पाङ्ग्रे सवारीसाधन, ईभी र फोसिल फ्युल लाग्ने दुवैखाले अटोमोबाइलहरू, सेकेण्ड ह्याण्ड कारहरू, व्यापारिक सवारीसाधनहरू इभी र फोसिल फ्युल इन्धन, भारी र कृषि उपकरणहरूलाई ऋण उपलब्ध गराउँछ । संस्थाले देशको अर्थतन्त्रलाई अगाडि बढाउन मद्दत गर्ने हेतुले स्वरोजगार सिर्जना गर्न विभिन्न उद्यमहरूलाई ऋण उपलब्ध गराउने जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको