Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा २७ अंकको बृद्धि,कारोबार चार महिना यता कै उच्च

अर्थ संसार

सोमबार, ०७ जेठ २०८१, १५ : २१ मा प्रकाशित

सेयर बजारमा २७ अंकको बृद्धि,कारोबार चार महिना यता कै उच्च

सेयर बजारमा आज निकै उतारचढाव भएको छ। 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.५४ अकंले बढेर २०९२.०० बिन्दुमा बन्द भएको छ । कारोबार रकम भने चार महिनायता कै उच्च बन्न पुगेको छ । आज कारोबार ५ अर्ब ८५ करोड ४३ लाख ५४ हजार रुपैयाँ पुगेको छ । 

साताको दोस्रो दिन आठ उपसूचकमा हरियाली आएको छ । सोमबार बैंकिङ समूहको ४.१८ प्रतिशत, विकास बैंक समूहको ०.४२ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.३९ प्रतिशत, हाइड्रोपावर समूहको १.३८ प्रतिशत, इन्भेष्टमेन्ट समूहको १.८४ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, पोखरा फाइनान्सको १९ करोड ९२ लाख रुपैयाँ, सिइडिबि हाइड्रोपावरको १८ करोड ८९ लाख रुपैयाँ र फरवार्ड माइक्रोफाइनान्सको १३ करोड ४८ लाख रुपैयाँको कारोबार भएको छ ।

चार कम्पनीको सेयरमा आज सकारात्मक सर्किट लागेको छ । सोमबार सामुदायिक लघुवित्त, बुद्धभुमि नेपाल, भगवती हाइड्रोपावर र नेरुडे लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको