Like us!
Follow us!
Connect us!
Watch us!

बुद्धभूमि र भगवती हाइड्रोमा लगानीकर्ताको आकर्षण, मर्जरपछि कारोबार खुलेका नेरुडे मिर्मिरे र सामूदायिक लघुवित्तमा पनि सर्किट

अर्थ संसार

सोमबार, ०७ जेठ २०८१, १५ : ३० मा प्रकाशित

बुद्धभूमि र भगवती हाइड्रोमा लगानीकर्ताको आकर्षण, मर्जरपछि कारोबार खुलेका नेरुडे मिर्मिरे र सामूदायिक लघुवित्तमा पनि सर्किट

सोमबार सेयरबजारमा दोहोरो अङ्कको वृद्धि हुँदा चार कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।

सोमबार सबैभन्दा धेरै कमाउने कम्पनीमा बुद्धभूमि हाइड्रो, भगवती हाइड्रो, नेरुडे मिर्मिरे लघुवित्त र सामूदायिक लघुवित्त रहे । ती कम्पनीको सेयरभाउ १० प्रतिशतकै हाराहारीमा वृद्धि भयो । बुद्धभूमि हाइड्रोमा उच्च कारोबारसहित सकारात्मक सर्किट लाग्दा भगवती हाइड्रोमा पनि उच्च कारोबार भएको छ ।

यसैगरी मर्जरपछि कारोबार खुलेको नेरुडे मिर्मिरे र सामूदायिक लघुवित्तमा पनि सकारात्मक सर्किट लागेको छ । ती कम्पनीको सेयरभाउमा हिजो पनि सर्किट लागेको थियो । आज सर्वाधिक गुमाउनेमा उपकार लघुवित्त, सृजनशील लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, युनिक नेपाल लघुवित्त र नारायणी विकास बैंक रहेका छन् । ती कम्पनीको सेयरभाउ ५ प्रतिशत भन्दा बढीले घट्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको