Like us!
Follow us!
Connect us!
Watch us!

सिनर्जी पावरको हकप्रद सेयर नेप्सेमा सूचीकृत

अर्थ संसार

आइतबार, २४ मंसिर २०८०, ११ : ४४ मा प्रकाशित

सिनर्जी पावरको हकप्रद सेयर नेप्सेमा सूचीकृत

सिनर्जी पावरको ५० प्रतिशत हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीले भदौ ३ गतेदेखि ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो । हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब २० करोड ९८ लाख ६२ हजार ५०० रुपैयाँ पुगेको छ ।

कम्पनीले हकप्रदबाट उठेको पैसा सोलुखुम्बु जिल्लामा निर्माण हुने २२ मेगावाटको मध्य होङ्गु खोला ‘ए’ जलविद्युत आयोजना प्रबद्र्धक कम्पनी एपेक्स मकालु हाइड्रोपावर लिमिटेडमा ४० प्रतिशत अर्थात ४४ करोड २६ लाख ८६ हजार रुपैयाँ स्वपूँजी लगानी गर्ने निर्णय गरेको छ। 

तेस्तै हाइड्रोपावरले वागमती प्रदेशको दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं ८ र ९ बीच भएर बहने सिप्रिङ खोलाबाट १० मेगावाट क्षमताको जलविद्युत उत्पादन गर्ने उद्देश्य अनुरुप २०६९ माघ ३ गतेदेखि विद्युतको व्यापारिक उत्पादन गरिरहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको