Like us!
Follow us!
Connect us!
Watch us!

रिडी पावरको हकप्रद सेयर नेप्सेमा सूचीकृत

अर्थ संसार

सोमबार, ३१ बैशाख २०८१, १६ : ४८ मा प्रकाशित

रिडी पावरको हकप्रद सेयर नेप्सेमा सूचीकृत

रिडी पावर कम्पनी लिमिटेडको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीले १ बराबर ०.५० अनुपातमा जारी गरेको हकप्रद सेयर आज नेप्सेमा सूचीकृत भएको हो । रिडी पावरले ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपैयाँ बराबरको ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो । शत प्रतिशत हकप्रद निष्काशन तथा बाँडफाँट पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ३२ करोड ३३ लाख ५१ हजार आठ सय रुपैयाँ पुगेको छ ।

हकप्रदबाट उठेको पैसा कम्पनीले आफ्नो सहायक कम्पनी साझा पावर डेभलपमेन्टको स्वामित्व रहने गरि बन्न लागेको २० मेगावाटको तल्लो बलेफि आयोजनामा स्व:पूँजी व्यवस्थापन गर्न खर्च गर्ने जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको