Like us!
Follow us!
Connect us!
Watch us!

बल्लतल्ल भयो माथिल्लो तामाकोशीको शतप्रतिशत हकप्रद नेप्सेमा सूचीकृत

अर्थ संसार

आइतबार, २७ फागुन २०८०, २० : ०१ मा प्रकाशित

बल्लतल्ल भयो माथिल्लो तामाकोशीको शतप्रतिशत हकप्रद नेप्सेमा सूचीकृत

हकप्रद बिक्री प्रक्रिया थालेको ६ महिना भन्दा लामो समय पछि अनन्त माथिल्लो तामाकोशी जलविद्युत लिमिटेडको शतप्रतिशत हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीले १:१ अनुपातमा जारी गरेको हकप्रद सेयर पनि नेप्सेमा सूचीकृत भएको हो । माथिल्लो तामाकोशीले १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो । शत प्रतिशत हकप्रद निष्काशन तथा बाँडफाँट पश्चात कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ पुगेको छ ।

यस अनुसार अब कम्पनीको थप १० करोड ५९ लाख कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री योग्य हुनेछ । उक्त कम्पनीको आइतबार प्रतिकित्ता २०५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । गत भदौ १८ गतेदेखि नै आवेदन माग गरेको तामाकोशीको हकप्रद सेयर अनन्त ६ महिनापछि लगानीकर्ताको खातामा आएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको