Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारको उकालो यात्रा कायमै, पाँच अर्ब बढीको कारोबार

अर्थ संसार

मंगलबार, ०८ जेठ २०८१, १५ : १० मा प्रकाशित

सेयर बजारको उकालो यात्रा कायमै, पाँच अर्ब बढीको कारोबार

हिजोको वृद्धिलाई निरन्तरता दिँदै आज सेयरबजारमा दोहोरो अङ्कको वृद्धि भएको छ । फाइनान्स समूहमा वृद्धि आउँदा आज बजारले २१०० अङ्कको मनोवैज्ञानिक विन्दुलाई ब्रेक पनि गरेको छ ।

सोमबार २७.५५ अङ्कले बढेको सेयरबजार आज थप २३.९४ अङ्कले बढेर २११५.९४ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल ५ अर्ब ८५ करोड ४३ लाख ५४ हजार दुई सय १२ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम बढेर ५ अर्ब २० करोड ६२ लाख ८ हजार १११.५६ रुपैयाँ पुगेको छ । आज बजार बढ्दा कारोबार रकममा भने गिरावट भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा जानकी फाइनान्स, नेरुडे मिर्मिरे लघुवित्त, सामूदायिक लघुवित्त र मध्य भोटेकोशी हाइड्रो रहे । ती कम्पनीको सेयर मूल्य १० प्रतिशतकै हाराहारीमा वृद्धि भयो । आज सर्वाधिक गुमाउनेमा साइन रेसुङ्गा विकास बैंक र भगवती हाइड्रो रहे । उक्त कम्पनीहरुको सेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घट्यो ।

आज फाइनान्स समूहको उपसूचक सर्वाधिक ३.५५ प्रतिशतले बढ्दा हाइड्रोपावर समूहको समूहको उपसूचक २.१६ प्रतिशत बढ्यो । यसैगरी आज ट्रेडिङ समूहको उपसूचक सर्वाधिक ०.५३ प्रतिशतले घट्दा विकास बैंक समूहको उपसूचक ०.२९ प्रतिशतले घट्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको