सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीका लागि राखेको छ ।
बैंकले सेयरधनी उमेशकुमार मुडभरीका नाममा रहेको ७ हजार ६४२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
यस सेयरमा हाल बैंकका कायम सेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् ।
उक्त सेयर खरिद गर्न इच्छुक सेयरधनीले आवश्यक कागजात सहित ३५ दिनभित्र काठमाडौंको बालुवाटारस्थित सांग्रिला बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ ।
साथै, तोकिएको समयभित्र सेयरधनीबाट खरिद निवेदन नपरेको खण्डमा सो सेयर अन्य व्यक्तिलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस