Like us!
Follow us!
Connect us!
Watch us!

प्रेस स्वतन्त्रता सुनिश्चित गर्न नेपाल सरकारले सार्थक संवाद गर्ने आशा छ - अमेरिकी दूतावास

अर्थ संसार

बुधबार, ०९ जेठ २०८१, ११ : २९ मा प्रकाशित

प्रेस स्वतन्त्रता सुनिश्चित गर्न नेपाल सरकारले सार्थक संवाद गर्ने आशा छ - अमेरिकी दूतावास

काठमाडौंस्थित अमेरिकी दूतावासले प्रेस स्वतन्त्रता सुनिश्चित गर्न नेपाल सरकारले सार्थक संवाद गर्ने आशा लिएको बताएको छ ।

बुधबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै दूतावासले “अझ परिपूर्ण मुलुक” बन्ने दिशामा आफ्नो प्रयास जारी राख्दै गर्दा अमेरिकाका निम्ति प्रेस स्वतन्त्रता, जबाफदेही र पारदर्शिता मार्गदर्शक सिद्धान्त भएको बताएको हो । कठिन सङ्घर्षपश्चात् प्राप्त लोकतन्त्रलाई आकार दिने कार्यलाई नेपालले जारी राख्दै गर्दा सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले पनि सार्थक संवाद गर्ने आशा लिएको पनि दूतावासले उल्लेख गरेको छ ।

मङ्गलबार कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलासप्रसाद सिरोहिया पक्राउ परेका थिए । त्यसै सन्दर्भलाई मध्यनजर गर्दै दूतावासले स्टाटस जारी गरेको कतिपयले टिप्पणी गरेका छन् । सिरोहियाविरुद्ध नागरिकता कीर्ते मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको