Like us!
Follow us!
Connect us!
Watch us!

साधारण सभाले अनुमोदन गरेपछि अब सेयरधनीले सन नेपाल लाइफको लाभांस पाउने, हकप्रद प्रक्रिया अगाडी बढ्ने

अर्थ संसार

विहीबार, १० जेठ २०८१, ०९ : २१ मा प्रकाशित

साधारण सभाले अनुमोदन गरेपछि अब सेयरधनीले सन नेपाल लाइफको लाभांस पाउने, हकप्रद प्रक्रिया अगाडी बढ्ने

सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो सातौ बार्षिक सााधारण सभा सम्पन्न गरेको छ। सभा जेठ ०९ गते बुधबार अमृतभोग केटरर्स प्रा.लि., कालिकास्थानमा सम्पन्न भएको हो।

साधारण सभाबाट सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको  आर्थिक बर्ष २०७९/८० को बार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक बर्ष २०७९÷८० को वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सो सँग सम्वन्धित अनुसूचिहरु सहितको वित्तिय विवरण, सहायक कम्पनी सनलाइफ क्यापिटल लिमिटेडको आर्थिक बर्ष २०७९÷०८० को वित्तिय विवरणहरु सहितको एकीकृत वित्तिय विवरणलाई अनुमोदन गरेको छ। 

तेस्तै, सभाले आर्थिक बर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी रकम रु.३,२०,००,००,०००/- (अक्षरुपी तीन अर्ब बीस करोड) को २३.८० प्रतिशतले हुन आउने रकम रु.७६,१६,००,०००/-(अक्षरुपी छयहत्तर करोड सोह्र लाख मात्र) बराबरको बोनस सेयर जारी गर्ने विशेष प्रस्ताव यसै साधारण सभाले पारित गरेको छ।  बोनस सेयर तथा नगद लाभाशंमा लाग्ने कर सहित) प्रयोजनार्थ १.२५२६ प्रतिशतले हुन आउने रकम रु.४,००,८४,२१०/-(अक्षरुपी चार करोड चौरासी हजार दुई सय दश मात्र) नगद लाभाँस वितरण गर्ने निर्णय पनि सभाले गरेको छ। 

यो बाहेक सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न एक जना सञ्चालक नियुक्त पनि भएको छन्। सर्वसाधारणको तर्फवाट संचालकमा स्नेहा शर्मालाई नियुक्त गरिएको छ। 

सभाले बोनस सेयर जारी गरेपछि पुग्ने चुक्ता पूँजी रु.३,९६,१६,००,०००।– (अक्षरुपी. तीन अर्ब छयानब्बे करोड सोह्र लाख मात्र) कायम हुने र नपुग पूँजी कायम गर्न उक्त पूँजीको २७ प्रतिशत अर्थात (१ः०.२७) को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव समेत अनुमोदन भएको छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको