Like us!
Follow us!
Connect us!
Watch us!

आन्तरिक राजश्व विभागले बढायो राजश्व संकलन,जेठ महिनामा उठ्यो ४१ अर्ब १९ करोड

अर्थ संसार

शुक्रबार, ०७ असार २०८१, १० : २३ मा प्रकाशित

आन्तरिक राजश्व विभागले बढायो राजश्व संकलन,जेठ महिनामा उठ्यो ४१ अर्ब १९ करोड

आन्तरिक राजस्व विभागले राजस्व संकलनमा वृद्धि गरेको छ।

विभागले सार्वजनिक गरेको पछील्ला केहि महिना यता राजस्व संकलनमा वृद्धि भएको हो । चालू आर्थिक वर्षको जेठ महिनाको राजस्व संकलन ४१ अर्ब १९ करोड रुपैयाँ छ । गत वर्ष सोही अवधिको संकलन ३७ अर्ब रुपैयाँ थियो । यो ११.३० प्रतिशतको वृद्धि हो । 

चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा आन्तरिक राजस्व विभागले कुल ४ खर्ब ४८ अर्ब राजस्व संकलन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ९.६४ प्रतिशतले बढी हो । गत वर्ष जेठ मसान्तसम्मको राजस्व असुली ४ खर्ब ८ अर्ब रुपैयाँ थियो ।

गत वर्षभन्दा चालू आवको यो अवधिसम्म ४० अर्बले राजस्व संकलनमा वृद्धि भएको विभागका महानिर्देशक शिवलाल तिवारीले जानकारी दिए । आयकर (भाडा र व्याजसमेत) बाट २ खर्ब ३२ अर्ब, मूल्य अभिवृद्धि कर (आन्तरिक) बाट १ खर्ब १२ अर्ब र अन्तःशुल्कबाट ९५ अर्ब संकलन भएको छ ।

महानिर्देशक तिवारीका अनुसार स्वास्थ्य सेवा, शिक्षा र अन्यबाट ८ अर्ब रुपैयाँ राजस्व उठेको छ । हालसम्म कुल लक्ष्यमा राजस्व असुली ७८.५ प्रतिशत रहेको विभागले बताएको छ । चालू आवकोअन्तिम महिना असार अन्तिमसम्म लक्ष्य भेट्ने गरी राजस्व संकलनमा तीव्रता दिने उनले बताए । 

अर्थमन्त्री वर्षमान पुन अनन्तले राजस्व संकलनमा तीव्रता दिन निर्देशन दिएअनुसार विभाग सक्रिय भएको उनको भनाइ छ । गत वर्षको सोही अवधिको तुलनामा  राजस्व संकलनमा वृद्धि भए पनि सरकारले चालू आवमा निर्धारण गरेको महत्त्वाकांक्षी लक्ष्य भने भेट्न सकेको छैन । 

राजस्व संकलनमा करदाता कार्यालयहरूमध्येको ठूला करदाता कार्यालयको योगदान करिब ४० प्रतिशत छ । यो कार्यालयले १ खर्ब ७५ अर्ब राजस्व उठाएको छ । ठूला करदाता कार्यालयको लक्ष्य २ खर्ब ३८ अर्ब रुपैयाँ थियो । वार्षिक १ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने करदाताबाट ठूला करदाता कार्यालयले कर उठाउँछ ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको