Like us!
Follow us!
Connect us!
Watch us!

तरलता व्यवस्थापन गर्न बजारबाट फेरि ४० अर्ब तान्दै राष्ट्र बैंक

अर्थ संसार

शुक्रबार, ०७ असार २०८१, १० : ४४ मा प्रकाशित

तरलता व्यवस्थापन गर्न बजारबाट फेरि ४० अर्ब तान्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा भएको अधिक तरलता व्यवस्थापन गर्न बजारबाट ४० अर्ब रुपियाँ खिच्ने भएको छ । 

शुक्रबार उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने बैंकले जनाएको छ । यसका लागि मध्यान्ह १२ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत बोलकबोल गर्न सकिनेछ ।

राष्ट्र बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो ।

सावाँ र ब्याज भुक्तानी भने असार २१ गते निर्धारण हुनेछ ।  यसको ब्याजदर भने बोलकबोलबाटै निर्धारण हुने बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जाने गरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

राष्ट्र बैंकले बिहीबार पनि बजारबाट ५० अर्ब रुपियाँ खिचेको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको