Like us!
Follow us!
Connect us!
Watch us!

एकैदिन तोलामा १८ सय रुपैयाँले घट्यो सुनको मूल्य

अर्थ संसार

विहीबार, १० जेठ २०८१, १० : ५७ मा प्रकाशित

एकैदिन तोलामा १८ सय रुपैयाँले घट्यो सुनको मूल्य

बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार १ सय रुपैयाँ घटेको सुनको मूल्यमा बिहिबार प्रतितोला  १८ सय रुपैयाँले घटेको हो । 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन १ लाख ३८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन१ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार तेजाबी सुन १ लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन १ लाख ३९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला चाँदीको मूल्य १ हजार ८८५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको