Like us!
Follow us!
Connect us!
Watch us!

नेपालको सार्वजनिक ऋण २४ खर्ब हाराहारीमा, एक नेपालीको थाप्लोमा ८२ हजार २०४ रूपैयाँ

अर्थ संसार

विहीबार, १० जेठ २०८१, १३ : ४५ मा प्रकाशित

नेपालको सार्वजनिक ऋण २४ खर्ब हाराहारीमा, एक नेपालीको थाप्लोमा ८२ हजार २०४ रूपैयाँ

 

नेपालको सार्वजनिक ऋण २४ खर्ब रुपैयाँ नजिक पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार  बैशाख मसान्तसम्म २३ खर्ब ९७ अर्ब ४३ करोड १६ लाख रुपैयाँ सार्वजनिक ऋण पुगेको हो। 

२०७८ को जनगणनाअनुसारको जनसंख्याका आधारमा प्रति नेपाली ८२ हजार २०४ रुपैयाँ ऋण देखिन्छ । तथ्यांकअनुसार चालु आवको १० महिनामा मात्रै सरकारको ऋण ९८ अर्ब ८ करोड रुपैयाँ थपिएको छ । चालु आवको सुरुमा अर्थात् गत असार मसान्तसम्म कुल सार्वजनिक ऋण २२ खर्व ९९ अर्ब रूपैयाँ रहेको थियो ।

यो १० महिनामा त्यो ९८ अर्व आठ करोड थप भएर २३ खर्व ९७ अर्ब पुगेको कार्यालयको तथ्यांकमा उल्लेख छ। 

सरकारको कुल ऋण कुल ग्राहस्थ उत्पादन जीडीपीको तुलनामा ४२.०२ प्रतिशत अनुपात हो। तथ्यांकअनुसार बैशाखमा मात्रै कुल सार्वजनिक ऋण ११ अर्व ६४ करोड रुपैयाँ थपिएको  छ। कुल ऋणमा आन्तरीक ११ खर्ब ८४ अर्ब ४८ करोड रुपियाँ र बाह्य १२ खर्ब १२ अर्ब ९५ करोड १२ लाख रुपैयाँ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको