Like us!
Follow us!
Connect us!
Watch us!

विमानको ठक्करबाट स्टेशन प्रमुख घाइते

अर्थ संसार

विहीबार, १० जेठ २०८१, १४ : २७ मा प्रकाशित

विमानको ठक्करबाट स्टेशन प्रमुख घाइते

नेपालगञ्जको रारा विमानस्थलमा सीता एयरको विमानको ठक्करबाट सोही एयरलाइन्सका स्टेशन प्रमुख घाइते भएका छन् ।

बिहीबार दिउँसो नेपालगञ्जबाट यात्रु लिएर रारा विमानस्थल आएको ट्वीनअटर जहाजको ठक्करबाट स्टेशन प्रमुख धिरेन्द्र भाम घाइते भएको हुन् । जहाजको अघिल्लो भागले भामलाई ठक्कर दिँदा टाउकोमा चोट लागेको हो ।

भामले एयरपोर्टमा जहाज उडानका लागि संकेत गराइरहेका थिए । ठक्करबाट होश गुमेपछि उनलाई सीता एयरकै जहाजबाट उपचारको लागि नेपालगञ्ज लगिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको