Like us!
Follow us!
Connect us!
Watch us!

स्वास्थ्य अचानक बिग्रिएपछि शाहरुख खान अस्पताल भर्ना

अर्थ संसार

विहीबार, १० जेठ २०८१, १५ : ३५ मा प्रकाशित

स्वास्थ्य अचानक बिग्रिएपछि शाहरुख खान अस्पताल भर्ना

बलिवुड अभिनेता शाहरुख खानको स्वास्थ्य अचानक बिग्रिएपछि अस्पताल भर्ना भएका छन् ।

मिडिया रिपोर्टका अनुसार गर्मीका कारण शाहरुखलाई अस्पताल भर्ना गर्नुपरेको थियो । शाहरुख अझै अस्पतालमै रहेको बताइएको छ । केडी अस्पतालका चिकित्सकका अनुसार शाहरुखलाई डिहाइड्रेसन समस्या थियो । जुही चावला पनि शाहरुखलाई हेर्न अस्पताल पुगेकी थिइन् । अस्पतालबाट निस्किएपछि उनले शाहरुखको स्वास्थ्यको अपडेट दिएकी थिइन् । शाहरुख आज साँझ डिस्चार्ज हुने र मुम्बई जाने बताइएको छ ।

जुहीले शाहरुख खानको स्वास्थ्य ठिक रहेको र चाँडै डिस्चार्ज हुने बताएकी छन् ।

शाहरुख खानको स्वास्थ्य र डिस्चार्जको बारेमा केडी अस्पतालले कुनै आधिकारिक घोषणा वा मेडिकल बुलेटिन जारी गरेको छैन । शाहरुख आइपिएलको पहिलो क्वालिफायरका लागि आफ्नो टिम कोलकोतालाई सपोर्ट गर्न अहमदावाद पुगेका थिए ।

पछिल्लो चार दिनदेखि अहमदाबादमा अधिकतम तापक्रम ४४ देखि ४५ डिग्री सेल्सियसको बीचमा रेकर्ड भइरहेको छ । जसका कारण शाहरुखको स्वास्थ्य बिग्रिएको अनुमान गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको