Like us!
Follow us!
Connect us!
Watch us!

सुनको ओरालो यात्रा कायमै, आज पनि १८ सय रुपैयाँले घट्यो

अर्थ संसार

शुक्रबार, ११ जेठ २०८१, ११ : ०६ मा प्रकाशित

सुनको ओरालो यात्रा कायमै, आज पनि १८ सय रुपैयाँले घट्यो

नेपाली बजारमा सुनको मूल्य घटेकोको छ । बिहीबार १८ सय रुपैयाँ घटेको सुनको भाउ शुक्रबार पनि १८ सय रुपैयाँले नै घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन प्रतितोला १ लाख ३८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

शुक्रबार तेजाबी सुन १ लाख ३६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन १ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने शुक्रबार प्रतितोला १० रुपैयाँ मात्र घटेको छ । शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८६५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको