Like us!
Follow us!
Connect us!
Watch us!

म्यादथपका लागि सिरोहियालाई अदालत लगिँदै, पक्षमा बहस गर्न जम्बो वकिल टोली जनकपुरमा

अर्थ संसार

शुक्रबार, ११ जेठ २०८१, १४ : १५ मा प्रकाशित

म्यादथपका लागि सिरोहियालाई अदालत लगिँदै, पक्षमा बहस गर्न जम्बो वकिल टोली जनकपुरमा

नागरिकता किर्ते मुद्दामा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलासप्रसाद सिरोहियालाई जिल्ला अदालत धनुषाले लगिएको छ ।

मङ्गलबार नागरिकता कीर्ते मुद्दामा पक्राउ पुर्जी जारी भएपछि आफ्नै कार्यालयबाट सिरोहिया पक्राउ परेका थिए । बुधबार अदालतले उनलाई तीन दिन थुनामा राख्न अनुमति दिइएकोमा तीन दिन बितेसँगै म्याद थपका लागि अदालत लैजान लागिएको हो । अनुसन्धान नसकिएको भन्दै सिरोहियालाई हिरासतमै राखेर अनुसन्धान अघि बढाउने या तारेखमा छाड्ने विषयमा अदालतले निर्णय गर्नेछ ।

सिरोहियाको पक्षमा बहसका लागि वरिष्ठ अधिवक्ता शम्भु थापासहित वकिलहरूको जम्बो टोली अहिले जनकपुरधाममा रहेको छ । थापासँगै मधेश प्रदेशका पूर्व मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, वरिष्ठ अधिवक्ताहरू सीताराम भट्टराई, शेरबहादुर केसी, रमन श्रेष्ठ, गोविन्द बन्दी र रमण कर्णलगायतले जिल्ला अदालतमा सिरोहियाकोतर्फबाट बहस गर्ने भएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको