Like us!
Follow us!
Connect us!
Watch us!

सिरोहिया थप तीन दिन हिरासतमै रहने

अर्थ संसार

सोमबार, १४ जेठ २०८१, १९ : २७ मा प्रकाशित

सिरोहिया थप तीन दिन हिरासतमै रहने

नागरिकता किर्ते मुद्दामा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलासप्रसाद सिरोहिया थप तीन दिन हिरासतमै रहने भएका छन् ।

जिल्ला अदालत धनुषाले सिरोहियालाई जमानतमा रिहा गर्न अस्वीकार गर्दै बुधबारसम्म थुनामै राखेर अनुसन्धान कार्य जारी राख्न जिल्ला प्रहरी कार्यालय धनुषालाई अनुमति दिएको हो । शुक्रबार अदालतले उनलाई तीन दिन थुनामा राख्न अनुमति दिइएकोमा तीन दिन बितेसँगै म्याद थपका लागि अदालतमा आज उपस्थित गराइएको थियो ।

अघिल्लो साता नागरिकता कीर्ते मुद्दामा पक्राउ पुर्जी जारी भएपछि आफ्नै कार्यालयबाट सिरोहिया पक्राउ परेका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको