Like us!
Follow us!
Connect us!
Watch us!

कान्तिपुरका अध्यक्ष कैलास सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गर्नु गलत : काङ्ग्रेस सांसद पाण्डे

अर्थ संसार

मंगलबार, ०८ जेठ २०८१, १३ : ३० मा प्रकाशित

कान्तिपुरका अध्यक्ष कैलास सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गर्नु गलत : काङ्ग्रेस सांसद पाण्डे

नेपाली काङ्ग्रेसका सांसद बद्री पाण्डेले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलासप्रसाद सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गर्नु गलत भएको बताएका छन् ।

आज संसदमा बोल्दै उनले आग्रह र पूर्वाग्रह राखेर कसैमाथि कारवाही भए नेपाली काङ्ग्रेसले नसहने बताए । उनले नेपाली काङ्ग्रेसले राणा, राजा कसैलाई नसहेको बताउँदै पूर्वाग्रह राखेर कारवाही भए नसहने बताएका हुन् । सहकारी प्रकरणमा संसदीय छानबिन समिति नबने संसद चल्न नदिने पनि उनले दोहोर्याए ।

सिरोहियाको नागरिकतामाथि प्रश्न उठाउँदै जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता जाहेरी दर्ता भएको थियो । त्यसै मुद्दामा जिल्ला अदालत धनुषाले उनको नाममा पक्राउ पुर्जी जारी गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको