Like us!
Follow us!
Connect us!
Watch us!

हाजिर जमानतमा छुट्दै सिरोहिया

अर्थ संसार

बुधबार, १६ जेठ २०८१, १९ : ४७ मा प्रकाशित

हाजिर जमानतमा छुट्दै सिरोहिया

नागरिकता किर्ते मुद्दामा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलासप्रसाद सिरोहिया हाजिर जमानतमा रिहा हुने भएका छन् ।

फौजदारी कार्यविधि संहिताको दफा १५ को उपदफा १ बमोजिम परिवारका सदस्यको जमानतमा छोड्न लागिएको जनाइएको छ । स्वास्थ्यमा समस्या आएको भन्दै सिरोहियालाई जनकपुरको काब्या अस्पतालबाटै मङ्गलबार एयरलिफ्ट गरि काठमाडौं ल्याइएका सिरोहियालाई रिहा गर्न लागिएको हो । टाउको दुखाइ, उच्च रक्तचाप तथा मुटुको चालमा उतारचढाव भएको भन्दै उनलाई पहिले जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।

अघिल्लो साताको बुधबार नागरिकता कीर्ते मुद्दामा पक्राउ पुर्जी जारी भएपछि आफ्नै कार्यालयबाट सिरोहिया पक्राउ परेका थिए । सोमबार जिल्ला अदालत धनुषाले उनलाई तेस्रो पटक तीन दिनका लागि म्याद थप गरी अनुसन्धान अघि बढाउन अनुमति दिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको