Like us!
Follow us!
Connect us!
Watch us!

सामाजिक सञ्जालमा भाइरल कुकुर काबोसुको मृत्यु

अर्थ संसार

शनिबार, १२ जेठ २०८१, १० : २७ मा प्रकाशित

सामाजिक सञ्जालमा भाइरल कुकुर काबोसुको मृत्यु

सामाजिक सञ्जालमा भाइरल कुकुर काबोसुको मृत्यु भएको छ ।

चर्चित कृप्टोकरेन्सी डोजकोइनको सिम्बोल नै बनेको काबोसुको शुक्रबार मृत्यु भएको हो । काबोसु ल्युकेमिया र कलेजो सम्बन्धि समस्याबाट बिरामी रहेको जनाइएको छ । काबोसुका मालिक आत्सुको सातोका अनुसार उनले करिब १६ वर्ष अघि काबोसुलाई घर ल्याएकी थिइन् । सन् २०१० मा काबोसुको एक तस्वीर आफ्नो ब्लगमा सातोकाले राखेपछि त्यो तस्वीर बिस्तारै भाइरल हुन थालेको थियो ।

काबोसुको तस्वीर पछि एनएफटीका रुपमा समेत ४० लाख डलरमा बिक्री भएको थियो । काबोसुको तस्वीर नै राखिएको कृप्टो डोजकोइन हाल विश्वकै आठौं बहुमूल्य कृप्टो बनेको छ जसको कुल बजार पुँजीकरण २३ बिलियन डलर रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको