Like us!
Follow us!
Connect us!
Watch us!

बैंकहरुको अनुत्पादक क्षेत्रमा ३३.३३ प्रतिशत लगानी

अर्थ संसार

सोमबार, १४ जेठ २०८१, ०८ : ३४ मा प्रकाशित

बैंकहरुको अनुत्पादक क्षेत्रमा ३३.३३ प्रतिशत लगानी

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१औं वार्षिक प्रतिवेदनले बैंकहरुले अनुत्पादक क्षेत्रमा ३३.३३ प्रतिशत लगानी गरेको भनेको छ। 

प्रतिवेदनले कर्जा वाणिज्य बैंकहरुले प्रवाह गरेको कुल कर्जामध्ये उत्पादनशील क्षेत्रमा १५.४३ प्रतिशत, कृषि क्षेत्रमा ८.५ प्रतिशत, घरजग्गा खरिद बिक्री, हायर पर्चेज (स्थिर सम्पत्ति, अन्य तथा उपभोग्यलगायतका क्षेत्र) जस्ता अनुत्पादक क्षेत्रमा ३३.३३ प्रतिशत लगानी भएको देखिन्छ। 

उत्पादनमूलक कर्जा प्रवाह नहुँदा गरिबी निवारणमा योगदान पु-याउन तथा धनी गरिबबीचको खाडल कम गर्न कठिनाइ पर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ। 

२०८० असार मसान्तमा बैंकिङ्ग प्रणालीमा रहेको निक्षेप गार्हस्थ उत्पादनको १०६.१० प्रतिशत र कर्जा प्रवाह ९०.६७ प्रतिशत रहेको छ। 

बैंक तथा वित्तीय संस्थाहरूको सेवा विस्तार गर्ने, वित्तीय संस्थाहरूलाई आधुनिक सूचना प्रणालीयुक्त बनाउने, कर्मचारीमा पेशागत विशेषज्ञता हासिल गराई केन्द्रीय बैङ्कको सुपरिवेक्षण र अनुगमनलाई सुदृढ गर्ने, बचत वृद्धि एवं अनुत्पादनशील कर्जालाई नियन्त्रण गर्ने तथा उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्दै अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन मन्त्रालयले आवश्यक भूमिका निर्वाह गर्न भनेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको