Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य सामान्य बढ्यो, सोमबार कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

सोमबार, १४ जेठ २०८१, १० : ५९ मा प्रकाशित

सुनको मूल्य सामान्य बढ्यो, सोमबार कतिमा हुँदैछ कारोबार ?

सोमबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ बढेको छ । साताको पहिलो कारोबार दिन आइतबार स्थिर रहेको सुनको मूल्य आज ३ सय रुपैयाँ बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुन प्रतितोला १ लाख ३६ हजार ९सय रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार तेजाबी सुन १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुन १ लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै,सोमबार प्रतितोला चाँदीको मूल्य १ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ आइतबार पनि १ हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य सोमबार प्रतितोला २५ रुपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको