Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा, जो–कोहीले पनि आवेदन दिन पाउने

अर्थ संसार

सोमबार, १४ जेठ २०८१, १२ : २५ मा प्रकाशित

ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा, जो–कोहीले पनि आवेदन दिन पाउने

ज्योति विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । 

बैंकले सोमबार एक सूचना जारी गरेर संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर आजदेखि बिक्रीमा ल्याएको हो । बैंकले बिक्रीमा राखेको सेयर संख्या भने खुलाएको छैन ।

यो सेयर खरिदका लागि जो कोही व्यक्ति कम्पनी संघसंस्था वा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।  

इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौं कमलपोखरीमा रहेको बैंकको केन्द्रीय कार्यालयमा के कति सेयर खरिद गर्न चाहेको हो उल्लेख गरी आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको