Like us!
Follow us!
Connect us!
Watch us!

मेरो सपना पूरा नभए पनि खुसी छु: सन्दीप लामिछाने

अर्थ संसार

सोमबार, १४ जेठ २०८१, १५ : ०२ मा प्रकाशित

मेरो सपना पूरा नभए पनि खुसी छु: सन्दीप लामिछाने

क्रिकेटर सन्दीप लामिछानेले टी–२० विश्वकप खेल्ने आफ्नो सपना पूरा हुन नसकेको बताएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत उनले आफ्नो सपना पूरा नभए पनि दुःखी भने नभएको जिकिर गरेका हुन् ।

अमेरिका र वेष्ट इन्डिजमा हुन केही दिनमा सुरु हुन लागेको टी–२० क्रिकेट विश्कप खेल्न जाने आफ्ना सपना पूरा नभएपछि लामिछानेले यस्तो उल्लेख गरेका हुन् ।

मेरो सपना पूरा नभए पनि म के कुरामा खुसी छु भने मेरो देशको सपना पूरा भएको छ’ लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन् ।

लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले उनको निलम्बन फुकुवा गर्दै उनलाई विश्वकप खेल्ने नेपाली क्रिकेट टोलीमा समावेश गराउने तयारी गरेको थियो । तर, अमेरिकाले उनलाई भिसा दिन अस्वीकार गरेपछि उनको सपनामा ब्रेक लागेको थियो ।

नेपाली टिम अमेरिका प्रस्थान गर्दा अदालतमा मुद्दा विचाराधीन रहेकाले उनको प्रक्रिया अघि बढेको थिएन । उच्च अदालतबाट सफाइ पाएपछि २०२५ सम्मको पहिलाको भिसा भएकै कारण क्यानले टिकट समेत व्यवस्था गरिसकेको थियो भने उनको जर्सी लगायतका कुराहरू प्रिन्ट पनि भइसकेका थिए । 

फिटनेस टेस्टसमेत दिएका सन्दीप खेल्नलाई योग्य भनेर जाने तयारी गर्दा अघिल्लो दिन मात्रै उनको एक वर्ष अघि भिसा रद्द भएको इमेल पाएका थिए । त्यसपछि प्रक्रिया पूरा गरेर अन्तर्वार्ता दिन गएका सन्दीपलाई अमेरिकी दूतावासले भिसा रिजेक्ट गरेको थियो 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको