Like us!
Follow us!
Connect us!
Watch us!

क्रिकेटर सन्दीपविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत जाने

अर्थ संसार

आइतबार, ०६ असोज २०८१, १३ : ३९ मा प्रकाशित

क्रिकेटर सन्दीपविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत जाने

क्रिकेटर सन्दीप लामिछानेविरूद्ध महान्यायाधिवक्ताकाे कार्यालय सर्वोच्च अदालत जाने भएकाे छ । उच्च अदालत पाटनले बलात्कारको आरोपबाट सफाइ दिएपछि साेहि फैसलाविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालतमा जाने निर्णय गरेको हाे ।  

मुद्दाको फैसलाको पूर्णपाठसँगै उच्च सरकारी वकिलको कार्यालय पाटनले फैसला विरुद्ध पुनरावेदन गर्नुपर्ने भनी राय तयार पारेको थियो । त्यही फाइलको अध्ययनपछि महान्यायाधिवक्ता कार्यालयले मुद्दाको पुनरावेदन गर्ने निर्णय गरेको हो ।

अब क्रिकेटर सन्दीप लामिछानेले आफूविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा सामना गर्नुपर्ने हुन्छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको