Like us!
Follow us!
Connect us!
Watch us!

असारे खर्चको प्रवृत्ति : गत वर्ष २.४५ खर्ब खर्च भएकोमा यो वर्ष कति होला ?

अर्थ संसार

सोमबार, १४ जेठ २०८१, १६ : १३ मा प्रकाशित

असारे खर्चको प्रवृत्ति : गत वर्ष २.४५ खर्ब खर्च भएकोमा यो वर्ष कति होला ?

महालेखापरीक्षकको २१ औं प्रतिवेदन अनुसार गत आवको असारमा वर्षान्त भुक्तानी १७.२८ प्रतिशत भएको देखाएको छ ।

प्रतिवेदन अनुसार गत वर्ष कुल १४ खर्ब २१ अर्ब ३२ करोड ७० लाख खर्च भएकोमा २०८० असार महिनामा मात्रै २ खर्ब ४५ अर्ब ६६ करोड ९१ लाख (१७.२८ प्रतिशत) खर्च भएको थियो । अझ असार महिनाको अन्तिम हप्तामा ८८ अर्ब ६६ करोड ७७ लाख अर्थात् कुल खर्चको ६.२४ प्रतिशत खर्च भएको थियो ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० मा आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा सात दिन अगावै भुक्तानी दिई निकासा र खर्चको लेखा अद्यावधिक गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था छ । नियमावलीको व्यवस्था पालना गरी स्वीकृत कार्यक्रम तथा खर्च गर्ने कार्यतालिकाबमोजिम खर्च गरी भुक्तानी गर्नुपर्ने तथा आषाढको तेस्रो हप्ताभन्दा पछाडि खर्च एवं भुक्तानी गर्ने कार्यमा नियन्त्रण गर्नुपर्दछ ।

यो आर्थिक वर्ष पनि पुँजीगत खर्च लगायत भुक्तानी हालसम्म न्यून रहँदा असारे खर्च प्रवृत्ति यसपटक पनि उच्च नै रहने देखिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको