Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकका कर्मचारी र ग्राहकलाई सोल्टी होटेलमा छुट

अर्थ संसार

सोमबार, १४ जेठ २०८१, १६ : ३० मा प्रकाशित

प्रभु बैंकका कर्मचारी र ग्राहकलाई सोल्टी होटेलमा छुट

द सोल्टी होटेल ग्रुपले प्रभु बैंकका कर्मचारी र ग्राहकहरुलाई विशेष छुट दिने भएको छ । द सोल्टी होटेल ग्रुपका तर्फबाट म्यानेजर सुदन अधिकारी र प्रभु बैंक लिमिटेडका तर्फबाट प्रमुख बजार अधिकृत रवीन्द्र ढकाल र प्रदेश शाखा प्रमुख सांग्रीला श्रेष्ठले सम्झौतापत्रमा संयुक्त रुपमा हस्ताक्षर गरेका थिए ।

जेठ १३ गते सम्झौतापत्रमा दुबै तर्फबाट हस्ताक्षर गरी एकअर्कालाई हस्तान्तरण गरिएको थियो । नयाँ सम्झौता अनुसार द सोल्टी होटेल ग्रुप अन्तर्गत द सोल्टी होटेल एन्ड रिसोर्ट, सोल्टी वोष्टेण्ड प्रिमियर नेपालगञ्ज, सोल्टी वोष्टेण्ड इटहरी, सोल्टी वोष्टेण्ड रिसोर्ट चितवन, सोल्टी वोष्टेण्ड रिसोर्ट नगरकोट, मिथिला यात्री निवास जनकपुरमा प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुविधा लिए वापत विशेष छुट पाउने छन् ।

छुट पाउनका लागि प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले होटेल तथा रिसोर्टको सुविधा लिए वापत बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैंकका अन्य कुनै विद्युतीय प्रणालीद्वारा बिल भुक्तान गर्नुपर्ने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको