Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

आइतबार, २० जेठ २०८१, ११ : ०१ मा प्रकाशित

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । शुक्रबार रेकर्ड कायम गरेको सुनको मूल्य आज प्रतितोला २ सय रुपैयाँ घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुन १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

आइतबार तेजाबी सुन १ लाख ४१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजाबी सुन १ लाख ४१ हजार ५सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै,आइतबार प्रतितोला चाँदीको मूल्य १ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ८७५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको