Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा रिलायन्स लाईफलाइ 'कर्पोरेट वुमन्स विच क्रिकेट २०२४' को शीर्ष उपाधि

अर्थ संसार

सोमबार, २१ जेठ २०८१, ११ : ५२ मा प्रकाशित

सानिमा रिलायन्स लाईफलाइ 'कर्पोरेट वुमन्स विच क्रिकेट २०२४' को शीर्ष उपाधि

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले कर्पोरेट वुमन्स विच क्रिकेट २०२४ को शीर्ष उपाधि हात पार्न सफल भएको छ । जेठ १८ र १९ गते रिभरसाइड रिसोर्ट कुरिनटारमा आयोजित उक्त टुर्नामेन्टको फाइनल खेलमा साविकको विजेता सिटिजन्स बैकलाई हराउँदै सानिमा रिलायन्स लाईफको महिला क्रिकेट टिमले उक्त उपाधि हाँसिल गरेको हो ।

टुर्नामेन्टमा सानिमा रिलायन्स लाईफकै स्वस्तीका कार्किले वेस्ट प्लेयर अफ द सिरिज, प्लेयर अफ द फाइनल तथा वेष्ट फिल्डरको अवार्ड समेत जित्न सफल भएकी थिइन । साथै विभिन्न खेलमा सानिमा रिलायन्स लाईफकै इलिसा थापा, विमला पन्त तथा स्वस्तीका कार्कीले प्लेयर अफ द म्याच अवार्ड जित्न सफल भएका थिए ।

विजेता टिमको क्यापटेन स्वेता सिंह र टिम म्यानेजर संगिता गिरी रहेका थिए । आयोजक एन इभेन्टस् रहेको उक्त वुमन्स विच क्रिकेट टुर्नामेन्टको पदकहरु जित्न सफल टिमलाई कम्पनीको तर्फबाट बधाई ज्ञापन गरेको जनाएको छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको