Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा रिलायन्स लाइफको साधारण सभा सम्पन्न, लाभांश पारित

अर्थ संसार

बुधबार, २३ असोज २०८१, १४ : ३३ मा प्रकाशित

सानिमा रिलायन्स लाइफको  साधारण सभा सम्पन्न, लाभांश पारित

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सातौं वार्षिक साधारणसभा आज (असोज २३) काठमाडौंको शंखमूलस्थित अनमोल बैंक्वेटमा सम्पन्न भएको छ । सभा काठमाडौंको नयाँबानेश्वर शंखमूलस्थित अनमोल ब्यांक्वेटमा सम्पन्न भएको हो ।

सभाले  सेयरधनीहरूलाई १८.३८११ प्रतिशत बोनस  सेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपले पारित गरेको छ ।

यसका साथै सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने आव २०७९/८० वार्षिक प्रतिवेदन, साबिक रिलायन्स र सानिमा लाइफको सोही आवको लेखापरीक्षण प्रतिवेदन लगायतका अन्य वित्तीय विवरणहरू पनि पारित भएको छ ।

त्यस्तै लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालकहरूको सुविधा परिमार्जन गर्ने लगायतका प्रस्तावहरू पनि सभाबाट पारित भएको छ ।

सभा प्रयोजनार्थ कम्पनीले असोज ११ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । बुक क्लोजका आधारमा असोज १० गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले सभाले पारित गरेको लाभांश पाउनेछन् ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको