Like us!
Follow us!
Connect us!
Watch us!

एनसेलसँगको सहकार्यमा नासा सेक्युरिटिजले ल्यायो ग्राहकहरुका लागि नयाँ अवसर

अर्थ संसार

मंगलबार, २२ जेठ २०८१, ०७ : १६ मा प्रकाशित

एनसेलसँगको सहकार्यमा नासा सेक्युरिटिजले ल्यायो ग्राहकहरुका लागि नयाँ अवसर

एनसेलसँगको सहकार्यमा नासा सेक्युरिटिज कम्पनी लिमिटेडले सेयरमा लगानी गर्ने ग्राहकहरुका लागि नयाँ अवसर ल्याएको छ । यससँगै एनसेल सिम कार्ड प्रयोगकर्ताहरुले अब कतै जानपर्ने झन्झट बाट मुक्त भई एनसेल एप डाउनलोड गरी सजिलै नासा सेक्युरिटिजका विभिन्न सेवाहरु उपभोग गर्न सक्नेछन् ।

यस सहकार्यका लागि एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र नासा सेक्युरिटिजका प्रबन्ध सञ्चालक मदन पौड्यालले सोमबार एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । नासा सेक्युरिटिज नेपालकै एक अग्रणी सेयर ब्रोकरेज फर्म हो ।

समझदारीका अनुसार, एनसेल एपबाट एनसेलका सबै प्रिपेड र पोस्टपेड ग्राहकहरुले नासामा डिम्याट खाता खोल्दा र नविकरण गर्दा ५५ प्रतिशत छुट पाउन सक्छन् । पहिलो पटक डिम्याट खाता खोल्न रु १०० र मेरोसेयरमा दर्ता हुनका लागि रु ५० लाग्ने गरेको छ । यसरी कुल रु १५० को काम ५५ प्रतिशत छुटले गर्दा रु ६७.५० मा नै गर्न सकिन्छ ।

एनसेल एपको माध्यमबाट ग्राहकहरुले अनलाइनमार्फत आफ्नो पहिचान विवरण अद्यावधिक गर्ने, शेयर कारोबारका लागि अनलाइन ट्रेडिङ खाता खोल्ने, डिम्याट खाता खोल्ने, डिम्याट र मेरोसेयर नविकरण गर्नेलगायत केही समस्या र जिज्ञासाहरु भए राख्न सक्नेछन् ।

“एनसेलले देशको अर्थतन्त्रमा सुधार ल्याउन र डिजिटल नेपालको परिकल्पनालाई साकार पार्नका लागि योगदान पु¥याउन हाम्रा ग्राहकहरूलाई बेस्ट युज्ड केसहरू उपलब्ध गराउन हामी तत्पर छौं,” एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक कायुमोभले भने । आम उपभोक्तालाई प्रविधिमा पहुँच सहज बनाउन एनसेलले ‘सधैं अन’ अभियान संचालन गरिरहेको बेलामा सेयर कारोबारलाई डिजिटलाइज्ड बनाउन योगदान गर्ने यो कार्यमा नासा सेक्युरिटिजसँग सहकार्य गर्न पाएकोमा आफूहरु उत्साहीत रहेको उनले बताए ।

एनसेल एपका माध्यमबाट विदेशमा रहेका नेपालीले पनि आफ्नो डिम्याट खाता खोलि सेयरमा लगानी गर्न सक्नेछन् । “नासा अब एनसेल एपमा, ५५ प्रतिशत छुट हरेक नयाँ खाता र नविकरणमा” भन्ने नाराका साथ शुरु भएको यस सहकार्यबाट एनसेलका सिम कार्ड प्रयोगकर्ताहरूलाई अनलाईन सेयर कारोबारमा सहयोग पुग्ने नासा सेक्युरिटिजका प्रबन्ध सञ्चालक मदन पौड्यालले बताए । एनसेल एपमा नासा सेक्युरिटिजलाई आवश्यक कामका लागि सम्पर्क गर्ने विकल्पहरु पनि छन । यस सहकार्यमा एनसेलले आफ्नो एप मार्फत नासा सेक्युरिटिजमा पहुँचमात्र सुनिश्चित गरेको हो ।

यस सम्बन्धी विस्तृत जानकारीका लागि नासा सेक्युरिटिजको सम्पर्क अधिकृत रुचित मान शाक्यलाई फोन नं ०१५९७००८४ एक्सटेन्सन २०४२ वा मोबाइल नं ९८०१८८०३४६ मा सम्पर्क गर्न सक्नेछन् ।
 

 

665e6ef73e5b9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको