सिद्धार्थ बैकको सेयर किन्दै हुनुहुन्छ ? हेर्नुहोस् एक विश्लेषण
आइतबार, १७ मंसिर २०७४, ०९ : ४२
मा प्रकाशित
प्रमुख गतिवि
अर्थ संसार, काठमाडौं - राष्ट्र बैकले तोकेको न्यूनतम चुक्ता पूँजी पुर्याउन गत असारमा सम्पन्न गरेको विशेष साधारणसभाले पारित गरेको १० प्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृतिको चरणमा रहेको छ । उक्त हकप्रदको विक्री प्रबन्धकका लागि लक्ष्मी क्यापिटल मार्केट्सलाई नियुक्त गरिएको छ ।
कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण र गत आर्थिक वर्षको सोही त्रैमासमा प्रकाशित वित्तीय विवरणबीच तुलना गर्दा :
बैकको यो अवधिमा खुद नाफामा ४० प्रतिशतको कमी आएको छ । यो त्रैमाससम्ममा २१ करोड ६४ लाख रुपैयाँ खुद मुनाफा कमाउन कम्पनी सफल भएको छ । अघिल्लो आर्थिक वर्षमा उसले ३५ करोड ९६ लाख खुद नाफा कमाएको थियो ।
खुद मुनाफामा आएको कमीसँगै बैकको प्रति सेयर आम्दानी पनि ४२ दशमलव ६३ रुपैयाबाँट घटेर १२ दशमलव ६८ रुपैयाँ कायम भएको छ ।
यस आर्थिक वर्षको पहिलो ३ महिनासम्म आइपुग्दा कम्पनीले आफ्नो जगेडमा ३ अर्ब ५८ करोड रुपैयाँ सञ्चित गरेको छ ।
योे त्रैमासमा ७७ अर्ब ८७ करोड निक्षेप उठाई ६८ अर्ब ८९ करोड कर्जा प्रवाह गरेको छ ।
निक्षेप ११ प्रतिशत वृद्धि भएको छ भने कर्जा प्रवाह १७ प्रतिशत वृद्धि भएको छ ।
खुद ब्याज आम्दानी १९ प्रतिशत कम भएर ५० करोड ९८ लाख पुगेको छ । त्यस्तै, सञ्चालन नाफा ८३ प्रतिशत कम भएर ५ करोड ६२ लाख रहेको छ । आम्दानीमा ३४ करोड ९५ लाख प्रोभिजन घट्न पुग्यो भने जोखीम कोषबाट १७ करोड ७० लाख रकम फिर्ता भएको छ ।
निष्क्रिय कर्जा १ दशमलव ५९ प्रतिशतबाट वृद्धि भएर २ दशमलव शून्य १ प्रतिशतमा आएको छ भने निष्क्रिय कर्जाका लागि ९७ दशमलव ५७ प्रतिशत रकम व्यवस्था गरेको छ ।
बैकले प्रकाशन गरेको वित्तीय विवरणअनुसार प्रतिशेयर नेटवर्थ १५२ दशमलव ७३ रुपैयाँ, पूँजी कोष लागत ७ दशमलव ३२ प्रतिशत, मूल्य आम्दानी अनुपात ३२ दशमलव ६८ गुणा, प्रतिशेयर कुल सम्पत्तिको मूल्य रू. १३६२ दशमलव १४ र तरलता अनुपात २२ दशमलव १८ प्रतिशत रहेको छ ।
निष्कर्ष :
समीक्षा अवधिमा पूँजी वृद्धिअनुरूप कमाइ वृद्धि गर्न असफल हुँदा अधिकांश कम्पनीको झैं सिद्धार्थ बैङ्कको पनि प्रतिशेयर आम्दानीमा ठूलो कमी आएको छ । निक्षेप र कर्जा वृद्धि अन्य बैङ्कसरह गर्न सक्नु उसको सबल पक्ष रहेको मान्न सकिन्छ । तर, पूँजी वृद्धिसँगै प्रतिशेयर आम्दानी सन्तुलनमा राख्न नसक्नु कम्पनीको प्रमुख समस्या रहेको छ । भविष्यमा आउने १० प्रतिशत हकप्रदले शेयरले प्रतिशेयर आम्दानी र लाभांश दरमा सन्तुलनमा राख्ने चुनौती थपेको छ ।
प्राविधिक विश्लेषण : बढ्ने क्रममा सिद्धार्थ बैङ्क
प्रतिरोध २ : ४३० । प्रतिरोध १ : ४५५ । अन्तिम कारोबार मूल्य : ३९७ । टेवा १ : ३७५ । टेवा २ : ३५०
बजारको अवस्था
केही महीनायता घट्दो प्रवृत्तिमा रहेको सिद्धार्थ बैङ्कको सेयरमूल्य केही सातायता बढ्दो प्रवृत्तिमा रहेको छ । बढ्दो क्रममा रहेको कम्पनीको सेयरमूल्य केही दिनअघि घटे पनि फेरि बढ्ने क्रममा रहेको छ । साताको अन्तिम कारोबार दिन शेयरमूल्य २ रुपैयाँ अर्थात् शून्य दशमलव ५१ प्रतिशत बढेर ३ सय ९७ रुपैयाँमा बन्द भएको छ ।
मुभिङ एभरेज
६ दिने र २१ दिने मुभिङ एभरेज अनुसार यस बैकको सेयर मूल्य बढ्दो प्रवृत्तिमा रहेको छ ।
एडीएक्स
एडीएक्स सूचकअनुसार यस बैकको सेयरमूल्य प्रवृत्तिहीन अवस्थामा रहेको छ ।
एटीआर
एटीआर सूचक घट्दो प्रवृत्तिमा रहेको हुनाले यस बैकको सेयर मूल्यमा उतारचढाव घटेको बुझाउँछ ।
स्टोकास्टिक
स्टोकास्टिक सूचकअनुसार यस बैकको सेयर मूल्य ओभरबट क्षेत्रमा रहेको छ, जसले यस कम्पनीको शेयरमूल्यमा उच्च माग रहेको बुझाउँछ भने केही जोखीम पनि बढेको बुझाउँछ ।
निष्कर्ष
विभिन्न प्राविधिक सूचकहरूले यस कम्पनीको सेयर मूल्य बढ्दो प्रवृत्तिमा रहेको बुझाएको हुनाले आगामी दिनहरूमा यस बैङ्कको सेयमूल्य बढ्दो प्रवृत्तिमा रहने सम्भावना प्रबल रहेको सङ्केत गर्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस