नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको सेयर सूचीकृत भएको छ । आज कम्पनीको २ करोड ८३ लाख कित्ता सूचिकृत भएको हो ।
नेप्सेमा सूचीकृत भएसँगै मंगलबारबाट यो कम्पनीको सेयर मूल्य दोस्रो बजारमा कारोबार सुरु हुने छ । मंगलबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ९५.२४ रुपैयाँदेखि २८५.७२ रुपैयाँसम्मको रेन्ज तोकेको छ । यस रेन्जबीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्ने छ ।
कम्पनीले भदौ ११ देखि भदौ १५ गतेसम्म आम सर्वसाधारणलाई ४३ लाख ४१ हजार ८० कित्ता सेयर निष्काशन गरेको थियो । सो आईपीओ भदौ ३० गते सोमबार बाँडफाँड भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस