Like us!
Follow us!
Connect us!
Watch us!

टी-२० विश्वकपमा आज तीन खेल हुदै

अर्थ संसार

विहीबार, २४ जेठ २०८१, ०८ : ०९ मा प्रकाशित

टी-२० विश्वकपमा आज तीन खेल हुदै

 जारी आइसीसी टी-२० विश्वकपमा आज तीन खेल हुदै छन् ।

आज पहिलो खेल समुह सी मा रहेका पीएनजी र युगाण्डाबीच भैरहेको छ। गुयनास्थित प्रोभीडेन्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ५: १५ बजेदेखि शुरु भएको हो। जारी विश्वकपमा पीएनजी र युगाण्डा दुवैले अ-आफ्नो पहिलो खेलमा हार बेहोरेका छन् । 

त्यस्तै आज दोस्रो खेल समुह बी मा रहेका अस्ट्रेलिया र ओमानबीच पनि भैरहेको छ  । वार्बाडोसस्थित किंग्सटेन ओभलमा हुने यो खेल नेपाली समय अनुसार बिहान ६: १५ बजेदेखि सुरु भएको हो । यस विश्वकपमा अस्ट्रेलियाको यो पहिलो खेल हो भने ओमानले आफ्नो पहिलो खेलमा नामिबियासँग हार बेहोरेको छ । यो अस्ट्रेलिया र ओमानले खेल्न लागेको पहिलो अन्तर्राष्ट्रिय टी-२० क्रिकेट हो ।

त्यस्तै आज तेस्रो खेल समुह ए अन्तर्गतको अमेरिका र पाकिस्तानबीच हुने छ । डल्लासस्थित ग्राण्ड पेरी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि शुरु हुने छ । यस विश्वकपमा पाकिस्तानको यो पहिलो खेल हो भने अमेरिकाले यसअघि क्यानडालाई पराजित गरेर २ अंक हासिल गरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको