Like us!
Follow us!
Connect us!
Watch us!

प्रतिनिधि सभामा दुई विधेयक पेस

अर्थ संसार

बुधबार, ०६ जेठ २०८३, १४ : ०० मा प्रकाशित

प्रतिनिधि सभामा दुई विधेयक पेस

आज बसेको प्रतिनिधि सभाको बैठकमा दुई वटा विधेयक प्रस्तुत गरिएको छ। प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले विधेयकहरू सदनमा पेस गरेकी हुन्।

बैठकमा ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गरिएको हो। दुवै विधेयक पेस भएसँगै प्रतिनिधि सभाको बैठक आजका लागि स्थगित गरिएको छ। सभामुख डीपी अर्यालले अर्को बैठक बिहीबार बिहान ११ बजे बस्ने जानकारी दिएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको