Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा हरियाली, कारोबार रकम ३ अर्ब ८२ कारोड

अर्थ संसार

बुधबार, ०६ जेठ २०८३, १५ : ०१ मा प्रकाशित

सेयर बजारमा हरियाली, कारोबार रकम ३ अर्ब ८२ कारोड

बुधबार सेयर बजारमा हरियाली छाएको छ । अघिल्ला दिनहरुमा घटेको बजार आज ३०.०८ अंकले बढेको हो । 

आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २७५४.४८ विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १.१० प्रतिशतले धेरै हो । आज सेयर बजारमा २४८ कम्पनीको सेयर मूल्य बढेको छ भने आज २१ कम्पनीको सेयर मूल्य घटेको छ । आज १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 

त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ३.६८ अंकले बढेर ४७१.०६ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये सबैको सेयर मूल्य बढेको छ । आज परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । आज सेयर बजारमा ३४६ कम्पनीका १ करोड ६ लाख ६१ हजार ४७६ कित्ता सेयर ५२ हजार ३३६ पटक खरिद बिक्री हुँदा ३ अर्ब ८२ करोड ८ लाख ९६ हजार ९६६ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको