नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि चार जनाको संक्षिप्त सूची सार्वजनिक गरिएको छ । नेपाल धितोपत्र बोर्डको अध्याक्ष छनौट सिफारिस समितिले ४ जनाको नाम सार्वजनिक गरेको हो ।
चार जनामा डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा. गोपाल प्रसाद भट्टको नाम संक्षिप्त सूचीमा समावेश गरेको छ । अध्यक्ष हुनका लागि आवेदन दिएका ४७ जना मध्येबाट उक्त संक्षिप्त सूची तयार गरिएको अर्थमन्त्रालयले जानकारी दिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस