Like us!
Follow us!
Connect us!
Watch us!

चौधरी ग्रुपले टेलिकम व्यवसाय अघि नबढाउने संकेत, सिजी कम्युनिकेशनको लाइसेन्स खारेज

अर्थ संसार

विहीबार, २४ जेठ २०८१, ११ : २१ मा प्रकाशित

चौधरी ग्रुपले टेलिकम व्यवसाय अघि नबढाउने संकेत, सिजी कम्युनिकेशनको लाइसेन्स खारेज

देशकै प्रमुख व्यापारिक घराना चौधरी ग्रुपले टेलिकम व्यवसाय अघि नबढाउने संकेत दिएको छ । ग्रुपले सिजी कम्युनिकेशनको अनुमति पत्र नवीकरण नगरे सँगै कम्पनीको लाइसेन्स खारेज भएको हो ।

गत मङ्सिरको पहिलो सातासम्म लाइसेन्स अवधि रहेकोमा तोकिएको अवधिभित्र दस्तुरसहित निवेदन नदिएपछि दूरसञ्चार ऐन २०५३ को दफा २५(५) बमोजिम कम्पनीको लाइसेन्स खारेज भएको जनाइएको छ । सिजी कम्युनिकेशनले २१ नोभेम्बर २००३ मा ग्रामीण दूरसञ्चार सेवाको लाइसेन्स पाएको थियो । कम्पनीले साविक एसटिएम सञ्चार प्राइभेट लिमिटेडलाई एक्वायर गरि सिजी टेलिकमको स्थापना गरेको थियो ।

कम्पनीले ग्रामीण क्षेत्रमा मोवाइल सेवा दिने उद्देश्यले लाइसेन्स लिएको थियो । भारतमा व्यापारिक घराना जिओले जस्तै नेपालमा पनि टेलिकम क्षेत्रमा व्यापक परिवर्तन ल्याउने जनअपेक्षा विपरीत कम्पनीले लाइसेन्स लिए पनि व्यवसाय अघि बढाउने कुनै मेसो भने गरेको थिएन । ग्रुपले वाइफाई सेवा प्रदायक सिजी इन्टरनेट भने सञ्चालन गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको