Like us!
Follow us!
Connect us!
Watch us!

वर्षाको मौसमलाई लक्षित गर्दे सीजीले ल्यायो वासर एन्ड ड्राइयर वासिङ मेसिन

अर्थ संसार

मंगलबार, २५ असार २०८१, १४ : ५५ मा प्रकाशित

वर्षाको मौसमलाई लक्षित गर्दे सीजीले ल्यायो वासर एन्ड ड्राइयर वासिङ मेसिन

सीजीले वर्षाको मौसमलाई लक्षित गरी छिटो र सहज ढंगले कपडा धुने वासिङ मेसिन बजारमा ल्याएको छ ।

मेसिनभित्रै सहजै सुक्ने प्रविधियुक्त सीजी वासर एन्ड ड्राइयर वासिङ मेसिन बजारमा ल्याएको हो । पानी पर्ने मौसममा लुगा सुकाउने समस्याबाट मुक्त गराउने उद्देश्यले यो वासिङ मेसिन ल्याएको सीजीले जनाएको छ ।   

उक्त मेसिनमा स्पाकेयर प्रविधिको मद्दतले लुगा सफासँग धोई लुगामा भएका किटाडुहरुलाई नाश गरि, हिट पम्प ड्राइङ टेक्नोलोजि मार्फत कपडा मेसिन भित्र सहजै रुपमा धुन अनि सुकाउन मिल्छ ।

बि ड्राइभ इन्भर्टर मोटरले १४०० आर.पि.एममा कपडाहरु मज्जाले घुमाएर धुन्छ भने सोही मेसिनमा फरक–फरक किसिमका कपडाहरु फरक–फरक ढङ्गले धुनका लागि प्रि वाश, नाईट वाश, एक्स्ट्रा रिन्ज अनि स्पिड वाश जस्ता मोडहरु रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार मेसिनको मोटरमा १० वर्षको वारेन्टि दिएको छ । विभिन्न क्षमतामा उपलब्ध उक्त मेसिन नजिकैको सि.जी स्टोरहरुबाट अथवा अनलाइनबाट पनि खरिद गर्न सकिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको