Like us!
Follow us!
Connect us!
Watch us!

नेपालको पहिलो १००% शुद्ध ईभी पिकअप आज सार्वजनिक, ४x४ एडभेन्चर ड्राइभ अनुभव सहित

अर्थ संसार

सोमबार, ११ चैत्र २०८१, १९ : १३ मा प्रकाशित

नेपालको पहिलो १००% शुद्ध ईभी पिकअप आज सार्वजनिक, ४x४ एडभेन्चर ड्राइभ अनुभव सहित

नेपालका लागि रिड्डारा (Riddara) को आधिकारिक वितरक CG Motors ले नेपालकै पहिलो १००% शुद्ध ईभी प्लेटफर्म पिकअप – Riddara को औपचारिक सार्वजनिक कार्यक्रम आज हात्तीवन रिसोर्ट, फर्पिङ, दक्षिणकाली मा सम्पन्न गर्दैछ। यो ऐतिहासिक क्षणले नेपाललाई दिगो यातायातको दिशामा नयाँ युगतर्फ अग्रसर गराउँदैछ।

उत्कृष्ट इन्जिनियरिङ सहित, Riddara ले आफ्नो श्रेणीमै उच्चतम ४२४ किलोमिटर रेन्ज र ७३ kWh क्षमताको पावरफुल ब्याट्री सहित सन्तुलित प्रदर्शन, कार्यक्षमता, र वातावरणमैत्री नवीनता प्रस्तुत गर्दछ।

नेपालको विविध भू-भागका लागि डिजाइन गरिएको Riddara ले पहिलो पटक प्रस्तुत गरिएका ७ ड्राइभिङ मोड्स (Sand, Mud, Off-road, Wading, Economy, Comfort, Sport) को सुविधा दिन्छ, जसले सबै किसिमका बाटोमा उत्कृष्ट नियन्त्रण र अनुकूलता सुनिश्चित गर्दछ। थप सुरक्षाका लागि, यसमा ५४०-डिग्री सराउंड भ्यु क्यामेरा उपलब्ध छ, जसले पूर्ण परिवेश सजगता प्रदान गर्दछ।

यस भव्य लञ्च कार्यक्रममा ४WD अनुभव एडभेन्चर ड्राइभ को समेत आयोजना गरिएको छ, जहाँ सहभागीहरूले गाडीको मजबूती, स्थिरता, र कठिन भू-भागमा यसको क्षमता प्रत्यक्ष रूपमा अनुभव गर्न सक्नेछन्।

सहभागीहरूको सुविधा सुनिश्चित गर्न, पानीपोखरी रिड्डारा शोरूम र थापाथली शोरूम बाट प्रत्येक घण्टा निःशुल्क शटल सेवा सञ्चालन गरिनेछ, जसको सुरुवात बिहान ११:०० बजे बाट हुनेछ। मुख्य सार्वजनिक कार्यक्रम दिउँसो १:०० बजे प्रारम्भ हुनेछ, र सहभागीहरूलाई सहजताका लागि शटल सेवाको लाभ उठाउन आग्रह गरिन्छ।

Riddara हाल NPR ७९.९९ लाख को प्रारम्भिक मूल्यमा उपलब्ध छ, जसले यसको श्रेणीमा उच्चतम विशेषताहरू र दिगो प्रविधि समेट्दै उत्कृष्ट मूल्य प्रस्ताव गर्दछ।

यो लञ्चले नेपालमा विद्युतीय गाडीको विकासलाई नयाँ उचाइमा पुर्‍याउनुका साथै अन्तर्राष्ट्रिय स्तरमा उच्च मान्यता प्राप्त गरेको छ। Riddara चीनको नम्बर १ ईभी पिकअप को रूपमा स्थापित भएको छ, भने यसको मातृ कम्पनी Geely Auto Group चीनका शीर्ष १० ठूला अटोमोबाइल निर्माताहरू मध्ये एक हो। यस लञ्चमार्फत, CG Motors ले नेपालमा नवीनता र दिगोपन प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको छ।

 

 

 

 

67e15ecc1d1a9.jpg 67e15ecd34593.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको