Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउसबिच क्रस बोर्डर कारोबार गर्नेसम्बन्धी सम्झौता

अर्थ संसार

शुक्रबार, २५ जेठ २०८१, १३ : ४९ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउसबिच क्रस बोर्डर कारोबार गर्नेसम्बन्धी सम्झौता

 राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ग्राहकहरू तथा भारतीय ग्राहकहरूले एक देशबाट अर्को देशमा मोबाइल बैंकिङ तथा क्यु आर कोडको माध्यमबाट कारोबार गर्न सक्नेगर डिजिटल प्रविधिको व्यवस्था मिलाउन दुई संस्थाहरू बिच सम्झौता भएको छ ।

यसले नेपाल भित्र भारतबाट रकम प्राप्त गर्न सहज हुने भएको छ । यस्तो कारोबार नेपाल राष्ट्र बैंकले तोकेको सीमा र परिधिभित्र रहेर गर्न सकिने छ ।

एनसिएचएलको माध्यमबाट यस्ता कारोबारहरू हुनेछन् । सम्झौतामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र नेपाल क्लियरिङ हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरे ।

सो अवसरमा बैंकका उप कार्यकारी अधिकृत देवेशप्रसाद लोहनी तथा दुर्गा कुमारी कँडेल र विभागीय प्रमुख ऋषि राम ढकाल उप प्रमुख दिनेश ओझा तथा एनसिएचएलका तर्फबाट चिफ अपरेटिङ अफिसर मुन्नी राजभण्डार र मनिष पटेलको उपस्थिति रहेको थियो ।

हाल ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकाम सहित देशैभर रहेका २८७ शाखा कार्यालय, ३०५ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ सेवा, ७१ वटा एक्स्टेन्सन काउण्टर बाट बैंकले बैकिङ सेवा दिइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको